आईपीएल खेलेर स्वदेश फर्किय सन्दीप लामिछाने ,त्रिभुवन विमानस्थलमा बोल्दै यस्तो भने ,,

जेठ ८ – सन्दीप लामिछाने आईपीएल खेलेर आज स्वदेश फर्कियका छन् ।, उनका समर्थकहरु त्रिभुवनव विमान स्थलमा गयर सन्दीप लाई स्वागत गरेका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल)मा ऐतिहासिक सहभागिता जनाएर सन्दीप् आज नेपाल फर्कियका हुन्।

आईपीएल क्रिकेट खेल्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रचेका सन्दीपले आफ्नो पहिलो सहभागितालाई नै सफल बनाउँदै आगामी संस्करणका लागि गतिलो सम्भावनाको ढोका खोलेर स्वदेश फर्किएका छन् ।

१७ वर्षीय सन्दीपले तीनवटै खेलमा विकेट लिएर आफ्नो सनसनीपूर्ण खेल प्रदर्शन गरेका थिए ।

आईपीएलको यो सिजनमा दिल्ली डेयरडेभिल्समा आबद्ध भएर पछिल्ला तीन खेलमात्र खेल्ने अवसर पाएका सन्दीपले खेलमा उत्क्रिस्ट जित हासिल गरि नेपालको नाम राखेका छन् ।

सन्दीपले विमान स्थलमा बोल्दै भने म सधै नेपाल लेखेको झोला बोक्छु र नेपालको झण्डा झोलामा हालेर हिंड्छु ।,

मैले अझै धेरै खेल खेल्नु छ पहिलो पटक खेलमा मैले राम्रो प्रस्तुत गरे नेपाल र नेपालीको नाम रोसन गरे तेसैमा खुसु छु सन्दीपले भने ।