surkhet

३ वर्षपछी कतारमा लगाईएको नाकाबन्दी साउदी अरबले हटायो,

surkhet

पुष २१ ,काठमान्डौ – साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ। साउदी अरबले कतारमाथि तिन वर्षपहिले नाकाबन्दी लगाएको थियो। मंगलबार साउदीमा हुने गल्फ को-अपरेसन काउन्सील (जीसीसी) सम्मेलनको पूर्वसन्ध्यानमा साउदीले कतारमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

जीसीसीको सम्मेलनमा खाडी देशका ६ देश सहभागी हुने छन् । साउदी अरबले आतंकवादलाई प्रश्रय दिएको आरोप लगाउँदै कतारमाथि साढे ३ वर्षअघि हवाई र स्थल नाकाबन्दी गरेको थियो ।साउदीसँगै यूएई, बहराइन र इजिप्टले पनि कतारमाथि नाकाबन्दी लगाएका थिए ।

Gorkha

कतारले भने आफुले कहिले आतंकवादलाई साथ् नदिएको स्पस्ट पार्दै आएको छ। कतारमा लगाईएको नाकाबन्दी लामो कूटनीतिक प्रयासबाट हटाउन सम्भव भएको हो,जसमा कुवेतले भूमिका खेलेको पाईन्छ।

Dailekh

कुवेती विदेशमन्त्रीका अनुसार कुवेतका अमिर शेख नवाफको प्रस्तावअनुसार खाडी सम्मेलनको पूर्वसन्ध्यामा साउदी नाकाबन्दी हटाउन तयार भएका हुन् । सोमबार साँझबाट आवतजावत खुल्ला भएको बिबिसीले जनाएको छ।

salyan