रुकुम चौरजहारी

साढे ३३ किलो सुनकाण्डका पूर्वडीआईजीसहित २८ पुर्पक्षका लागि थुनामा, दुईजना रिहा ,,

रुकुम आठ विसकोट

जेठ ८ – विराटनगर साढे ३३ किलो सुन काण्ड र सनम शाक्य हत्याकाण्डमा मुछिएका २८ जना पुपक्र्षका लागि जेल चलान भएका छन् । भने २ जना रिहा भयका छन् ।,

मोरङ जिल्ला अदालतमा करिब एक महिना लामो बहसपछि न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

थुनामा जानेहरुमा पूर्वडिआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनीसहित प्रहरी, सर्वसाधरण र व्यापारीसहित २८ जना रहेका छन् । भने त्यसैगरी प्रहरी हवलादर विष्णुबहादुर खड्का र अम्बरथापा रिहा भयका छन् ।

अदालतले विष्णुबहादुर खड्का लाई १५ हजार धरौटी र अर्का अभियुक्त अम्बहादुर थापालाई साधरण तारेखमा रिहा गरेको छ ।

पक्राउ भयका चुडामणि उप्रेती लाई भने आजै मोरङ् अदालतमा पेश गरियको छ ।