संसद विघटनविरुद्ध अनेरास्ववियूको माईतिघरमा लालटिन जुलुस,
पुष २२ ,काठमान्डौ – केपी शर्मा ओलीले गरेको कु संसद विघटनविरुद्ध अनेरास्ववियूले माईतिघरमा लाल्टिन जुलुस निकालेको छ। जुलुसमा पूर्वमन्त्री योगेश भट्टराई, अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङलगायतका सहभागी छन् ।
उनीहरुले दिउँसै लाल्टिन जुलुस निकाल्दापनि संविधानमा संसद विघटनको धारा भेटिएन’ लेखिएको कालो ब्यानरसहित प्रचण्ड–माधव नेपाल समूहमा रहेका अनेरास्ववियू नेता–कार्यकर्ताहरुले लालटिन जुलुस निकालेका हुन् ।
उनीहरुले ‘दिउँसै लालटिन बाल्यौं है, संसद विघटनको धारा ख्वै’, ‘हामी अरु जान्दैनौं, प्रतिनिधिसभा विघटन मान्दैनौं’ भन्दै चर्का नारा पनि लगाएका थिए । संवैधानिक कु खारेज गर ,हामीले दिउसै लाल्टिन बाल्यौ है ,संसद अधिवेशन सुरु गर लगायतका चर्को नाराबाजी समेत चलेको छ।
माइतीघर मण्डलाबाट सुरु भएको जुलुस नयाँबानेश्वरसम्म आएर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै सहसंयोजक तामाङले संसद विघटन नसच्चिएसम्म आन्दोलन जारी रहने बताए ।
तेस्तै उपत्यका बाहिर जिल्लाहरुमा लालटिन, सिटी वा लाठी जुलुस निकालेर विरोध प्रदर्शन गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले बताए । तेस्तै अनेरास्ववियूले आज जाजरकोटमा खाने पानि मन्त्रि मणि थापालाई कालो झन्डा देखाएका छन्।