सुर्खेत गुर्भाकोटमा एक पुरुषको कोरोनाबाट मृत्यु ,

पुष २२ ,सुर्खेत – सुर्खेत गुर्भाकोट नगरपालिका,८, निवासी ७४ वर्षीय पुरुषको सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

उपचारको क्रममा उनको बुधबार दिउँसो १२ः१० बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पुष ७ गते प्रदेश अस्पतालमा भर्ना गरिएको थियो ,उनीमाथि खोकी लाग्ने, पिसाब कम आउने र श्वास फेर्न समस्या देखिएको थियो।

,चेक जाँचको क्रममा १२ गते कोरोना देखिएपछि उनलाई प्रदेश अस्पतालको कोभिड उपचारकक्षमा राखेर उपचार भईरहेको थियो। यो संगै कर्णाली प्रदेशमा कोरोनाबाट निधन हुनेको संख्या २८ पुगेको प्रादेशिक अस्पताल सुर्खेतले बताएको हो।