अमेरिकी राष्ट्रपति ट्रम्पका समर्थकले हिंसा मच्चाएपछि वासिङ्टनमा कर्फ्यु,

पुष २३ ,वासिङ्टन- अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले हिंसा मच्चाएका छन् । उनीहरुले सडकमा निस्किएर हिंसात्मक प्रदर्शन सुरु गरेका छन् ,अहिले अमेरिकी राजधानी वासिङ्टन डीसीमा कर्फ्यु लगाइएको छ । स्थानीय समयअनुसार बुधबार साँझदेखि बिहीबार बिहानसम्म कर्फ्यु लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्प समर्थकले बुधबार क्यापिट हिल्स भवनमा पसेर हिंसात्मक प्रदर्शन गरेका हुन् । अमेरिकी कंग्रेसमा इलेक्टोरल कलेजको गणनालाई लिएर बहस भइरहेका बेला ट्रम्प समर्थकले हिंसा मच्चाएका हुन् ।

अमेरिकी सुरक्षा अधिकारीहरुका अनुसार अहिले क्यापिटल हिल्समा सुरक्षा व्यवस्था कडा पारिएको छ ।क्यापिटल भवन, संयुक्त राज्यको संसद भवन हो ।डोनल्ड ट्रम्पका समर्थकले चुनाव रद्द गर्ने माग गर्दै प्रदर्शन गरिरहेका थिए । यतिबेला केही प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप भयो ।

lekbesi

बीबीसीको रिपोर्ट अनुसार क्यापिटल बिल्डिङमा एक आगो निभाउने यन्त्र बिस्फोट भएको छ भने एक महिलालाई गोली लागेको छ ।ति महिलाको भने कुनै जानकारी भएको छैन , द वासिङ्टन पोस्ट र सीएनएनले भने उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताएको छ ।

क्यापिटल हिल्समा हिंसा मच्चाएको आरोपमा प्रहरीले अहिले थुप्रै मानिसलाई नियाँत्रन्म लिएको छ। झडपमा घाईते हुनेहरुको अहिले उपचार भईरहेको छ । ,अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेनले विलमिंगटन, डेलावेयरबाट देशलाई सम्बोधन गरे र ट्रम्प समर्थकलाई भीडबाट पछि हट्न र लोकतन्त्रको कामलाई अघि बढ्न दिन ट्विट गरेका छन् ।

तेस्तै बाईडेनले फेरी भनेका छन् ,क्यापिटल बिल्डिङमा केही मानिसहरुले जे गरे त्यो कानून नमान्ने अतिवादी मानिसहरु हुन् । उनीहरु राजद्रोह हुन् ।

लगतै प्रद्रशंकारिलाई ट्रम्पले भिडियो जारि गर्दै भनेका छन् ,एउटा चुनाव भयो त्यो हामीबाट चोरियो ,त्यो एउटा जबर्जस्ती गरिएको चुनाव थियो र यो कुरा सबैलाई थाहा छ । विशेषगरी दोस्रो पक्षलाई । तर अब सबैजना घर जानुपर्छ । हामीले शान्ति स्थापित गर्नुपर्छ । हामीले कानून व्यवस्था स्थापित गर्नुपर्छ । कसैलाई क्षती पुगोस् भन्ने हामी चाहँदैनौं । ट्रम्पले ट्वीट गरेर समर्थकलाई क्यापिटल प्रहरीलाई सहयोग गरिदिन अपिल गरेका छन् । उनले लेखे, ‘उनीहरु साँच्चै नै हाम्रो देशका लागि हुन् । शान्ति स्थापित गर्नुहोस् ।

उपराष्ट्रपति माइक पेन्सले पनि प्रदर्शनकारीलाई हिंसा नगर्न अपिल गरेका छन् ।

अमेरिकी सिनेटका केही तस्बिर पनि सार्वजनिक भएका छन् जसमा प्रदर्शनकारी सिनेट चेम्बर नजिकै जम्मा भएको देखिएका छन् । यीमध्ये केहीको हातमा हतियार पनि देखिएको छ ।