अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लाग्ने भयो महाअभियोग,
पुष २८ ,एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद डेमोक्रेटिक पार्टीले महाअभियोगको प्रस्ताव गर्दै संसदमा अविश्वास प्रस्ताव पेश गरिएको छ । राष्ट्रपति ट्रम्पले गत हप्ता संसदमा भएको दङ्गामा आफ्ना समर्थकहरुलाई उक्साएको भन्दै डेमोक्रेटिक पार्टीका सांसदहरुले आरोप लगाएका छन्।
प्रतिनिधिसभाका अध्यक्ष न्यान्सी पेलोसीले आइतबार ट्रम्पलाई महाअभियोगको प्रस्ताव ल्याउन अनुमति दिएकी थिइन् । राष्ट्रपति ट्रम्पमाथि जनवरी ७ मा आफ्ना समर्थकहरुलाई भड्काउने काम गरेको आरोप लगाइएको छ ।
७ तारिकमा संसद भवनमा ट्रम्पका समर्थकहरुले आक्रमण गर्दा ५ जनाको मृत्यु भएको थियो । सभामुख पेलोसीले उपराष्ट्रपति माइक पेन्सले संविधानको २५ औं संशोधन अन्तर्गत ट्रम्पलाई हटाउन सक्ने बताउँदै आएकी छिन् ।
डेमोक्रेट्सलाई लेखिएको पत्रमा सभामुख पेलोसीले यदि उपराष्ट्रपति पेन्सले कुनै कारबाहि गरेनन् भने महाअभियोगको पक्ष विपक्षमा मतदान हुने बताएकी थिइन् । पत्रमा पेलोसीले लेखेकी थिइन्ः ‘संविधान र प्रजातन्त्र बचाउनु हाम्रो दायित्व हो, त्यसैले हामीले तुरुन्त कदम चाल्नुपर्छ ।
राष्ट्रपतिले यी दुवै ( संविधान र लोकतन्त्र) लाई धम्की दिएका छन् । दिनहरु बित्दै जाँदा राष्ट्रपतिले लोकतन्त्र बिगार्ने डर बढ्दै जाने देखिन्छ ।राष्ट्रपति ट्रम्पको समयावधि यही हप्ताको अन्त्यमा सकिँदैछ । नवनिर्वाचि राष्ट्रपति जो बाइडेनले जनवरी २० तारिकमा राष्ट्रपति पदका लागि सपथ लिदैछन् ।