लोकसेवाको सुब्बा पदमा ठुलो संख्यामा कर्मचारी माग ,सुर्खेतमा कती सूचना हेर्नुहोस ,

पुष २९ ,काठमान्डौ – लोकसेवा आयोगले सुब्बा पदमा दरखास्त आह्वान गरेको छ । बुधबार गोरखापत्रमा एक सूचना निकालेर दरखास्त आह्वान गरेको हो । खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी लोक सेवाले माग गरेको छ।

सुर्खेत कार्यालयबाट खुल्लामा २३, ज्येष्ठताको आधारमा १९ र कार्यक्षमताको आधारमा १० गरी कूल ५२ जना नासुको पदपूर्ति हुने छ ।