विन्ध्यवासिनी म्युजिक कम्पनीकी कार्यकारी प्रमुख लेना शर्मा पक्राउ ,
पुष २९ ,काठमान्डौ – प्रतिलिपी अधिकार हननको आरोपमा विन्ध्यवासिनी म्युजिक कम्पनीकी कार्यकारी प्रमुख लेना शर्मा रेग्मीलाई प्रहरीले प्रक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रमेश विष्टका अनुसार लेनालाई साँझ ६ बजे धुम्वाराही आसपासबाट प्रक्राउ गरिएको हो। उनी विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीकी पत्नी हुन्।
कम्पनीले सष्टाको प्रतिलिपि अधिकार हनन् गरेको उजुरीका आधारमा आवश्यक अनुसन्धानका लागि शर्मालाई प्रक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ।

चर्चित गायक प्रमोद खरेलले तीन दिनअघि आफ्नो प्रतिलिपि अधिकार हनन् भएको सञ्चालकले आफ्नो मानहानी गरेको र करार उल्लंघन गरेको लगायतका विषयमा प्रहरी समक्ष उजुरी दिएका थिए।
प्रक्राउ गरेर उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखेर अनुसन्धान सुरु गरिएको छ। प्रतिलिपि अधिकार हननको विषयमा प्रहरीसामु उजुरी परेपछि आवस्यक प्रमाण जुताउनका लागि उनलाई नियन्त्रमा लिईएको प्रहरीले बताएको छ।
प्रस्तोता समाज नेपालको अगुवाइमा यो निवेदन पेश गरिएको हो। प्रमोदले प्रहरीमा उजुरी दिएपछि म्युजिक कम्पनीका सञ्चालकलाई कारवाहीको माग गर्दै ५७ जना गायक गायिका, सष्टा सर्जकले महानगरीय प्रहरी परिसरमा निवेदन दिएका थिए।
प्रस्तोता समाजले प्रमोद खरेललाई अन्तर्राष्ट्रिय कानुन, नेपालको संविधान २०७२, प्रतिलिपि अधिकार २०५९ र नियमावली २०६१ अनुसार आफ्नो अधिकार खोज्नका लागि सुझाव दिएका थिए। गित संगीतका विषयमा यस्ता घटना बारम बार आउने गरेको पाईन्छ।
यस्तो छ विवाद ,
गायक प्रम्रोद खरेलका अनुसार उनको तेस्रो गीती एल्बम ‘प्रणय’का केही गीतमा विवाद बढेको हो। प्रणय एल्बम बिक्री वितरण तथा एल्बम प्रकाशनको लागि प्रमोदले विन्ध्यवासिनी म्युजिक कम्पनीलाई ५ वर्षको लागि सम्झौता गरेका थिए ।
प्रमोदले कम्पनीबाट १ लाख १० हजार बुझेका थिए। एल्बमको पहिलो गीतको भिडियो बनाउन कम्पनीले एक लाख दिने गरी सम्झौता भएको थियो। जसमा २ लाख बराबर प्रमोशन खर्च कम्पनीले गरिदिने शर्त राखिएको थियो। जसमा कम्पनीले गरेका खर्च गीतको आम्दानी पश्चात प्रमोदको रोयल्टीबाट कटौती गर्ने र त्यसपछि प्रमोद आम्दानीको हिस्सेदार बन्ने सहमति भएको थियो।
प्रमोदका अनुसार गीतको सबै खर्च आफूले पाउने रोयल्टीबाट असुल गरिएपछि गीतको निर्माता आफू भएको दावी छ। गीतको बाँकी खर्च र विमोचन पनि स्वयम् गरिएको छ । एल्बमको दोस्रो गीत कम्पनीले नबनाएपछि प्रमोदले नै आफै निर्माण गरे। करारमा एल्बमको सम्पुर्ण अधिकार आफुमा रहेको र करार पाँच वर्षको मात्र भएको उनले बताएका छन्।
करार सकिएपछि पनि उक्त गीतको अधिकार आफुमा रहेको भन्दै कम्पनी संचालकले आफुलाई बारम्बार दबाब दिने र विभिन्न किसिमका आरोप लगाउँदै मानहानी गरेको प्रमोदले बताएका छन्। कम्पनीले अहिलेसम्म कुनै हिसाब किताब समेत नबुझाएको प्रमोदले बताए ,आफ्नो एलबम फिर्ता माग्दा कम्पनि संचालकले गरेको व्यबहारपछि आफुले कानुनि उपचार खोजेको खरेलले बताए।