आज देशभर थप ४४५ जनामा संक्रमण फेला ,
पुष २९ ,काठमान्डौ – गत २४ घन्टामा ४१५४ जनामा नमुना परिक्षण गर्दा थप ४४५ जना नँया कोरोना संक्रमित फेला परेको स्वस्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै हालसम्म नेपालमा २ लाख ६६ हजार १४३ संक्रमितको संख्या पुगेको छ ।
त्यसैगरि २४ घण्टामा ४१४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५९ हजार ७२२ पुगेको छ ।

अब देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४४४३४ जना रहेका छन् ,तेस्तै संस्थागत आईसोलेसनमा १ हजार १०७ र होम आईसोलेसनमा ३३२७ जना रहेका छन्।
कोरोना संक्रमणबाट २४ घण्टामा ५ को जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९३७ जना रहेको छ ।