कक्ष १२ को नतिजा एक हप्तामा ,
माघ १ ,काठमान्डौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा एक साताभित्र प्रकाशित गर्ने जनाएको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार नतिजा प्रकाशन सम्बन्धि काम अन्तिम चरणमा पुगेको र एक साताभित्र प्रक्षण गर्ने जानकारी भएको हो।
शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) संगको अन्तरक्रियामा विहिबार उनले यस्तो बताएका हुन। अहिले नतिजाको डाटा इन्ट्री गरेर रुजुको काम ४० प्रतिशत भईसकेको छ ।
कोभिड १९ का कारण कक्षा १२ को परीक्षा सञ्चालनको जिम्मेवारी यसपटक बोर्डले सम्बन्धित विद्यालयलाई नै दिएको थियो ।बोर्डले कुल पूर्णाङकको ४० प्रतिशत मात्रै लिखित परीक्षा सञ्चालन गरेको थियो ।
बोर्डले यसअघि पुस महिनाभित्रमा कक्षा १२ को नतिजा सार्वजनिक गरिसक्ने योजना बनाएको थियो । कक्षा १२ मा यो पटक ४ लाख ३१ हजार परीक्षार्थी सहभागी थिए । ४ हजार १ सय केन्द्रमा परीक्षा चलेको थियो ।