उपत्यकामा थपिए २४६ जना कोरोना संक्रमित

माघ २ काठमाडौं – काठमाडौं उपत्यकामा बिहीबार थप २४६ जनालाई कोरोना संक्रमण देखिएको छ। ११० महिला र १२० पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। पछिल्लो २४ घण्टामा नेपालमा थप ४०३ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ । १६१ महिला र २४२ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै मन्त्रालयका अनुसार योसँगै नेपालका कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ । जसमध्ये २ लाख ६० हजार १७७ जनाले कोरोना जितेका छन् । बिहीबार थप ४०५ जना डिस्चार्ज भएका छन्। नेपालमा अहिलेसम्म २० लाख २ हजार ४१ जनाको आरटी पीसीआर परीक्षण भएको छ । बिहीबार थप ५ हजार ३२ जनाको पीसीआर परीक्षण गरिएको छ। जसमध्ये ४०३ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ४३ पुगेको छ । बिहीबार मात्रै थप ६ जनाको मृ,त्यु मन्त्रालयले पुष्टि गरेको छ। अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ४२६ छ । यस्तै २३१ जना क्वारेन्टिनमा छन् भने ४ हजार ४२६ जना आइसोलेसनमा छन्। मन्त्रालयका अनुसार कोरोनाका गम्भीर १५२ जनाको आइसीयूमा र ३२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।