surkhet

नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक सुरु,

surkhet

माघ २ ,काठमान्डौ – नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक नँयादिल्लीमा सुरु भएको छ। भारतको राजधानी नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोगको बैठक सुरु भएको हो ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्री परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र भारतीय पक्षको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गरेका छन् । तीन दिनसम्म चल्ने बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, पारवहन, कोभिड,१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

Gorkha

तेस्तै द्विपक्षीय संयन्त्रमध्ये आयोग सबैभन्दा माथिल्लो तहको भएकाले नेपालले सीमाको मुद्दालाई विशेष जोड दिने सम्भावना रहेको छ । भारतले भने आयोग बैठकमा सीमासम्बन्धी विषयलाई प्राथमिकतामा नदिने प्रस्ट पारेको छ ।

Dailekh

आयोगको बैठकमा भाग लिन मन्त्री ज्ञवाली बिहीबार दिउँसो नयाँदिल्ली आइपुगेका हुन् । उनीसँग परराष्ट्रसचिव भरतराज पौड्याल, स्वास्थ्य सचिव लक्ष्मण अर्याललगायतका पदाधिकारी पनि साथमा छन् ।

salyan