केपी ओलीको कदमविरुद्द सुर्खेत गुर्भाकोटमा नेपालि कांग्रेसको विशाल प्रदर्शन ,तस्विरमा हेर्नुहोस ,

माघ ३ ,सुर्खेत – काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद सुर्खेत गुर्भाकोट नगरपालिकामा प्रतिपक्षदल नेपालि कांग्रेसले विशाल प्रदर्शन गरेको छ।

पार्टीले सुर्खेत जिल्ला कांग्रेस किल्ला ,नेपालि कांग्रेस जिन्दावाद ,केपी ओली मुर्दावाद संवैधानिक कु मुर्दावाद ,केपी तेरो पाराले दुख पायो साराले ,संघिय लोकतन्त्र जिन्दावाद ,लगायतका नाराबाजी लगाएर प्रदर्शन गरेको हो।

नेपाली काङ्ग्रेस केन्द्रिय समितिको निर्णय अनुसार के.पि.सरकारको अलोकतान्त्रिक कदमका विरुद्ध आज ७५३ वटै पालिकाहरुमा विरोध प्रदर्शन भईरहेको छ।

गुर्भाकोट नगरपालिकामा विभिन्न पालिकाहरुबाट निस्कीएको जुलुसले बोटेचौर बजारमा कोण सभा गरेको थियो। प्रदर्शनमा गुर्भाकोट नगरपालिका प्रमुख हस्त पुन ,उपप्रमुख मैना बिक लगायतको उपस्तिथिति रहेको छ। तेस्तै केपी ओलीको कु विरुद्द गुर्भाकोट नगरपालिका मेहेलकुनामा पनि विशाल र्याली निकालीएको छ।

गत पुष ५ गते केपी ओलीले संसद विघटन गरेपछि ओलीको कदमविरुद अहिले देशभर प्रदर्शन भईरहेको छ।

तस्विर: किरण ओलीको सामाजिक संजालबाट ,