केपी ओलीको उल्टो खोपडी देख्दा अनौठो लाग्छ प्रचण्ड ,

माघ ४ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले संविधानमाथि प्रहार गर्दा देशनै स्तब्ध भएको बताएका छन्।

राष्ट्रिय युवासंघ नेपालको काठमाडौंमा आयोजित दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनताले लडेर ल्याएका उपलब्धिमाथि प्रहार हुँदा आफूहरुले केपी ओलीको जस्तो उत्सव मनाउन नसकिने बताएका हुन् ।

प्रधानमन्त्री ओलीमा रहेको प्रवृत्तिलाई युवा ,जनताले तत्काल चिरफार गर्नुपर्ने उनले बताए। ओलीले जनतालाई हँसाउदा मलाई किन पिर परेकोहोला भनेर मलाई प्रश्न गर्नुभएछ। मलाई पिर पर्ने भन्दापनि नेपाली जनताले सात दशक लडेर ल्याएको उपलब्धिको हत्या भएको छ । हामी मातङ मनाएका छौं ।

मान्छे मर्‍यो, बा आमा मरेपछि जो चिन्ता हुन्छ परिवारको सबैलाई, त्यो चिन्ताको बेला हामी कमिक गर्न सक्दैनौं, हाँस्न सक्दैनौं । तपाई त्यस्तो मान्छे हुँनुहुँदो रहेछ दाहालले भने ।

प्रचण्डले अगाडी भने गणतन्त्रको उत्सवमा जनता नाच्दै हिँड्दा तपाईं रुँदै हिँड्नुभएको थियो ,बयलगाडाको कथा सुनाउदै हिड्ने आज तपाईंले संविधानमाथि प्रहार गर्दा सम्पूर्ण देश जनता स्तब्ध छन् ,तपाईको उल्टो खोपडी देख्दा अनौठो भव ब्यक्त गरेको मात्र हो।

भ्रस्टचारीलाई संरक्षक गरेर राख्ने केपी ओलीले जनताको माझमा पुगेर म भ्रस्टाचार गर्दिन र गर्नपनि दिन्न कसरि भनेका होलान,जनतालाई कति सम्म मुर्ख बनाउन सक्छन।

तेस्तै दाहालले भने तपाईको रोगपनि हामि पर्न सक्छ भन्ने डर छ ,गलत मान्छेसंग बस्दा हामीलाई अलिकति संक्रमण भएको छ। केपी प्रवृत्तिको अपरेशन गर्नुपर्ने छ’ उनले भने । हाम्रो संघिय गणतन्त्रमाथि आक्रमण भएको छ ,तेसैले हामि चिन्तित छौ।

#प्रचन्ड