टाउको चिलायो साच्चिकै एक पटक लाठ्ठी खान मन छ ,प्रचण्ड ,

माघ ४ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एस पटक आफ्नो टाउको चीलाएको र लाठ्ठी खान मन लागेको बताएका छन्।

प्रज्ञा भवनमा अनेरास्ववयूको भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, मलाई किन किन टाउको चिलाएको छ, लाठी खान मन छ योपटक। साँच्चै हो। तेस्तै प्रचण्डले युवा विद्यार्थीहरुलाई आवेग र आक्रामक आन्दोलन गर्न निर्देशन दिएका छन्।

युवा अब बाघजस्तै गर्जिन पर्यो ,प्रतिक्रान्तिकारीका मुटु हल्लिने गरी आफूहरूले आन्दोलन गर्ने पनि उनले बताएका छन्। माघ ९ गते जनप्रदर्शनमा आफू अग्रभागमा उभिने पनि प्रचण्डले बताए। तेस्तै प्रचण्डले अब देसको जिम्मा युवाको काँधमा रहेको र ठूलो षड्यन्त्र हुँदैगरेकोले तेस्लाई रोक्न अग्रसर हुनुपर्ने निर्देशन गरेका हुन्।

lekbesi