प्रतिक्रान्तिको मुटु हल्लिने गरि हिंसात्मक आन्दोलन गर्न युवाहरुलाई प्रचण्डको निर्देशन ,

माघ ५ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) प्रचण्ड – माधव एकताक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघ ९ गतेको आन्दोलन हिंसात्मक हुने बताएका छन्।

हिजो प्रज्ञा भवनमा आफूपक्षका नेता/कार्यकर्ता उपस्थित भेलालाई सम्बोधन गर्दै प्रचण्डले किन किन हो यस पटक मेरो टाउको चीलाएको छ ,साच्चिकै यो पटक लाठ्ठी खान मन छ।

तेस्तै दाहालले युवाहरुलाई हिंसात्मक आन्दोलन गर्नपनि निर्देशन गरेका छन्। आज सम्म अर्गानिक आन्दोलन भयो ,यो आन्दोलनले भएन ९ गतेको आन्दोलन हिंसात्मक हुन्छ ,जनप्रदर्शनमा म अग्रभागमा उभिने छु ,ठुलो षडयन्त्र हुँदै छ तेस्लाई युहरुले रोक्नुपर्ने छ ,अब देश र जनतको जिम्मा युवाहरुको काँधमा छ दाहालले भने।

विद्यार्थीलाई बाघ र सिंहजस्तो गर्जनुहोस, प्रतिक्रान्तिकारीका मुटु हल्लिने गरी आन्दोलन गर्नुहोस प्रचादाले भने । केपी ओलीको कु विरुद माघ ९ गते नेकपाले देशभर आन्दोलन गर्ने भएको छ।