प्रधानमन्त्रीलाई साधारण सदस्य नरहनेगरि प्रचण्ड – नेपाल समूहले कारबाही गर्दै ,पत्र वालुवाटारमा ,
माघ ५ ,काठमान्डौ – नेकपा प्रचण्ड – माधव नेपाल समूहले काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप कारबाही अगाडी बढाएको छ।
सो समूहले ओलीलाई स्पष्टीकरण सोध्न पत्र सहित नेता सुरेन्द्र पाण्डे मुकुन्द न्यौपाने र कार्यालय सचिव सहित नेताहरुलाई वालुवाटार पठाएको हो।
ओलीले संसद विघटन गरेसंगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले ओलीलाई अध्यक्ष पदबाट हटाएको थियो ।
त्यसपछि पनि अनुशासन उल्लंघन गरेको भन्दै स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।
नेकपाको पार्टी विधानको धारा ५६ मा अनुशासनको कार्बाहीबारे उल्लेख गरिएको छ । सोहि धारा अनुसार ओलीलाई कारबाही अगाडी बढाईएको हो।