कर्णालीमा प्रचण्ड नेपाल समूह आक्रामक शैलीमा कांग्रेस कार्यकर्तामाथि कुट्पिट ,
प्रहरीले हान्यो १७ राउण्ड हवाई फायर ,
माघ ६ ,सुर्खेत – कर्णाली प्रदेश रुकुम पश्चिम आठबिसकोट नगरपालिका-९ स्थित राडी बजारमा नेकपा प्रचण्ड – माधव समूह र नेपालि कांग्रेसक कार्यकर्ताबीच कुटाकुट भएको छ। झडपलाई नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर समेत गरेको छ ,झडप अहिले सम्म निरन्तर भईरहेको छ।
स्तिथिलाई नियन्त्रणमा लिन प्रहरी टोलि अहिले आठबिसकोट गईरहेको छ। स्थानीय नेपाली कांग्रेस र नेकपाका युवाबीच पहिले पनि पटक पटक विवाद हुने गरेको थियो ,अहिले पनि सामान्य विवादले उग्ररुप लिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताए।
विवाद मिलाउन चौकीमा आईरहेकोबेला चौकीमा समेत ढुंगा मुढा भएको हुँदा हवाई फायर गर्नुपरेको श्रेठले बताए। झडपका क्रममा ९ नम्बर वडाध्यक्ष तारकबहादुर शाही सामान्य घाइते भएको डीएसपी श्रेष्ठले बताए ,उनी नेपाली कांग्रेस निकट हुन् ,तेस्तै अन्य नेपाली कांग्रेसका युवा कार्यकर्ताहरुपनि घाईते भएका छन् ।
तेस्तै ढुंगा मुढाबाट तिन जना अप्रहरी जवानपनि घाईते भएका छन् ,पुरानै राजनीतिक पूर्वाग्रहका कारण बारम बार झडप हुने गरेको र यो पटक जिल्लामा बसेर छलफल गर्न खोज्दा झनै उग्ररुपमा अपरिनत भएको श्रेथाले बताए।
अहिले स्तिथितिलाई नियन्त्रमा लिन जिल्ला प्रहरीले १५ जना, सशस्त्र प्रहरीले १५ जना प्रहरी खटाएको छ भने जाजरकोटको दल्ली इलाका प्रहरी कार्यालयबाट ११ जनाको टोली आइरहेको छ । चौरजहारी नगरपालिकामा रहेको दंगा नियन्त्रण गणबाट पनि १५ जना प्रहरी राडीका लागि हिँडेका छन् ।