रुकुमको राडी बजार तनाव ग्रस्तपछि अनिश्चितकालीन निषेधाज्ञा ,
माघ ६ ,सुर्खेत – कर्णाली प्रदेश रुकुमपश्चिम राडीबजारमा अनश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । अर्को सूचना जारि नभएसम्म जिल्ला प्रशाशन कार्यालयले मंगलबार ५ बजदेखि निषेधाज्ञा लगाएको हो ।
पूर्वमा घारीखोला, पश्चिममा ठूलीभेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजेबाट कोही पनि राडीबजार भित्रन नपाउने गरी निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।
आठबिसकोट नगरपालिका ९ को राडी बजारमा केहि समूहबाट अनावश्यक अवान्छित गतिविधिहरुगरि शान्ति भंग गर्न खोजेको हुँदा निषेधाज्ञा गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र ६ (३क) कफ्र्यू लगाइएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताएक छन् । निषेधाज्ञा क्षेत्रभित्र ५ जनाभन्दा बढी भेला नहुन पनि प्रशाशनले जानकारी गरेको छ।
राडी बजारमा नेकपा प्रचण्ड – माधव नेपाल समूहका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्तहरुबीच कुटा- कुट भएको थियो। स्तिथिलाई नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर समेत गरेको थियो।
यो पनि,,
कर्णालीमा प्रचण्ड नेपाल समूह आक्रामक शैलीमा कांग्रेस कार्यकर्तामाथि कुट्पिट ,