surkhet

भारतले नेपाललाई अनुदानमा दिएको कोरोना खोप नेपाल आईपुग्यो ,

surkhet

माघ ८ ,काठमान्डौ – भारत सरकारले नेपाललाई अनुदानमा दिएको कोरोना खोप नेपाल आईपुगेको छ। भारतले नेपाललाई दिएको १० लाख डोज कोरोना खोप बिहीबार बिहान काठमाडौं ल्याइपुर्‍याइएको हो ।

त्रिभुवन विमानस्थलमा भारतीय राजदूत विनयमोहन क्‍वात्राबाट खोप बुझ्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नेपाल सरकार र नेपाली नागरिकका तर्फबाट भारत सरकारलाई धन्यवाद व्यक्त गरेका छन् ।

भारत सरकारले नेपाल सरकारलाई दिएको १० लाख डोज कोरोना खोप अनुदानको बारेमा जानकारी गराउन स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले बुधबार दिउँसो स्वास्थ्य मन्त्रालयमा आयोजित विशेष पत्रकार सम्मेलन पनि गरेका थिए।

Dailekh
Gorkha

भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया(एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको ‘एजेडडी१२२२’ नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’को नाममा उत्पादन गरेको हो ।

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार पहिलो चरणमा आउने खोप कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलगायत सुरक्षाकर्मीहरुलाई दिईने छ ।

औषधि व्यवस्था विभाग (डीडीए)ले ‘कोभिसिल्ड’लाई गत शुक्रबार नै आपत्कालीन प्रयोगका लागि ससर्त अनुमति प्रदान गरिसकेको छ ।

salyan