सुर्खेतमा मुख्यमन्त्रि रोजगार अन्र्तक्रिया कार्यक्रम संपन्न सांसद बिस्ट,

माघ ८ ,सुर्खेत – मुख्यमन्त्रि रोजगार अन्र्तक्रिया कार्यक्रम संपन्न कर्णाली प्रदेश सुर्खेत जिल्ला अन्र्तगत निर्बाचन क्षत्र नं १ (क)अन्र्तगत गुर्भाकोट नपा मेहलकुनामा मुख्यमन्त्रि रोजगार कार्यक्रमको अन्र्तक्रिया कार्यक्रम संपन्न भएको छ ।

यस निर्बाचन क्षत्रको प्रत्यक वडामा ५ योजनाका दरले २३ वटै वडामा योजनाहरुको छनौट हुनेछ । कोभीड १९ ले बेरोजगारीको चपेटामा परेका बिपन्न बर्गका जनतालाई प्रत्यक्ष रोजगार दिने र कृषि उत्पादनमा बृद्धि गरी जनताको आधारभुत आवश्यकता पुरा गर्ने यस कार्यक्रमको मुल लक्ष रहेको छ ।

नेकपा गुर्भाकोट नगर पार्टीका अध्यक्ष देब बहादुर खत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथी नेकपा केन्द्रिय सदस्य झक बहादुर मल्ल हुनुहुन्थ्यो भने बिशेष अतिथी निर्बाचन क्षत्रका कर्णाली प्रदेश सांसद ठम्मर बिष्ट हुनुहुन्थ्यो ।

प्रमुख अतिथीको रुपमा झक बहादुर मल्लले पार्टीमा गम्भीर अन्र्तसंघर्ष र बहस भएपनि त्यसले पार्टीलाई कमजोर बनाउने नभई अझ शुद्धीढ एकता प
पैदा हुने कुराको उद्घोष गर्नु भयो ।

यस्तै बिशेष अतिथी सांसद बिष्टले आफ्नो निर्बाचन क्षत्रमा बिभीन्न शीर्षकमा यो आर्थिक बर्षमा हजारौं कार्यक्रम आइरहेको र पछील्लो चरणमा आएको मुख्यमन्त्रि रोजगार कार्यक्रमलाई बिपन्न एबं गरीब बर्गलाई समेटी उत्पादन र बिकासको लहर सृजना गर्न सकिने खाका सहीत प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमको संचालन गुर्भाकोट नपाका पार्टी सचिब मोति बिकले गर्नु भएको थियो भने सिम्ता र गुर्भाकोट पालीका अन्र्तगत पार्टीका सबै जिल्ला समिती सदस्यहरु एबं २३ वटै वडाका पार्टीका अध्यक्ष र सचिबहरुको उपस्तिथ रहेको थियो ।