फ्लिम एण्ड मिडिया नलेज सेमिनार काठमान्डौमा गरिने भारतीय चर्चित निर्देशक सुभास घाई नेपाल आँउदै ,,
जेठ ९- काठमाण्डौमा ‘फिल्म एण्ड मिडिया नलेज सेमिनार’ को आयोजना हुने भएको छ ।
कान्तिपुर फिल्म एकेडेमी र मुम्बईको फिल्म स्कुल ‘विस्लीङ्ग उड इन्टरनेशनल’को संयुक्त आयोजनामा हुन गइरहेको वर्कशपका लागि बलिउडमा सफल चर्चित निर्देशक सुभास घाई नेपाल आउने भएका छन् ।
वर्कशपमा बिशेषगरि मिडीया नलेज, मोवाईल फिल्म मेकिङ्ग, कथा लेखन र फेसन डिजाइनमा केन्द्रित हुनेछ ।
यो वर्कशपको लागि मुम्बइबाट निर्देशक घाई सँगै अन्य विधाका विज्ञहरु कथा लेखक अन्जुम राजाबली, फेसन डिजाईनर निशा चन्दा, फिल्म मेकर रविया नाज्की तथा मुक्ता आर्टस्का प्रमुख राहुल पुरी र नेपालबाट निर्देशक दिनेश डीसी हुनेछन् ।
जेठ २० गते काठमाण्डौको होटल अन्नपुर्णमा विहान ९ बजे देखी बेलुकी ६ बजेसम्म वर्कशप संचालन हुने कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले बताए ।
उनले नै नायिका मनिषा कोइरालालाई सन् १९९१ मा चलचित्र ‘सौदागर’बाट बलीउडमा प्रवेश गराएका थिए ।