प्रचण्ड – नेपाल समूहले ओलीलाई साधारण सदस्यबाट हटायो ,
माघ ११ ,काठमान्डौ – नेकपा प्रचण्ड – नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट निष्काशन गरेको छ। समूहको आईतबार बसेको स्थायी कमिटि बैठकले साधारण सदस्यबाट हटाउने निर्य गरेको हो।
ओलीले संसद विघटन गरेलगतै प्रचण्ड – माधव समूहको नेतृत्वमा नेकपाको केन्द्रिय कमिटिको बहुमत सदस्य बसेर माधव कुमार नेपाललाई अधय्क्षमा चुनेको थियो।
ओलीलाई समूहले माघ ३ गते बसेको स्थायी कमिटिको बैठकले संविधान, लोकतन्त्र, जनता र पार्टीविरुद्ध गतिविधि गरेकाले साधारण सदस्यबाट किन नहटाउने भनेर स्पस्टिकरण समेतको पत्र वालुवाटारमा पठाएको थियो।
ओलीले कुनै जवाफ नदिएपछि केन्द्रीय कमिटीले दिएको अधिकार प्रयोग गरेर साधारण सदस्यबाट निष्कासन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।बैठकले पार्टी कार्यालय सचिवमा गंगालाल तुलाधरलाई थपेको छ भने उपसचिवमा मोहन गौतमलाई मनेनित गरेको छ ।
तेस्तै अर्का उपसचिव छिट्टै थपिने प्रवक्ता श्रेष्ठले बताए ।केपी शर्मा ओलीले संविधान, लोकतन्त्र, जनता र पार्टीविरुद्ध गतिविधि गरेकाले अहिले उनिविरुद्द देशनै एक ढिक्का भएर अगाडी बढेको छ।
ओली विरुद्द जुरुक उठेका जनताले अहिले प्रचण्ड – नेपाल समूहलाई साथ् दिएका छन् ,समूहको आजको बैठकले केपी ओलीको असंवैधानिक कदमविरुद्द थप संघर्षका कार्यक्रमहरु गर्ने जानकारी गरेको छ।
,जसको लागि भोलि देखिने संघर्स समितिले आन्दोलनका थप कर्यक्रमहरु सार्वजनिक गर्ने श्रेष्ठले बताए। तेस्तै ओलीको कु विरुद्द भोलि १२ बजे युसंघले सिटिजुलुस निकाल्ने जनाएको छ।