बार एशोसिएशनको विज्ञप्ति प्रधानमन्त्रीले सार्वजनिक रुपमा घुडा टेकेर माफी माग्नु पर्छ,

माघ ११ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर नेपाल बार एशोसिएशनले आपत्ति जनाउदै विज्ञप्ति सार्वजनिक गरेको छ । महासचिव लीलामणि पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले माघ ९ गते वकिललाई दिएको अभिव्यक्ति प्रति आपति जनाएको हो।
ओलीले माघ ९ मा आफ्नो पार्टीको कार्यक्रममा सम्बोधन गर्ने क्रममा ‘वकिलले कुरा फिटेका फिट्यै छन्, केही वकिलहरुले एकजना बाजे वकिललाई लिएर गएछन् त्यहाँ तमासा हेर्न’ भनेकोप्रति आपत्ति जनाएका हुन् ।

प्रधानमन्त्रीको सो अभिव्यक्ति संविधान, कानुन र प्रधानमन्त्री स्वयंको पदीय मर्यादा, आचरण अनुकुल नरहेको बार एशोसिएशनको ठहर छ । ‘उक्त अभिव्यक्ति हाम्रा वरिष्ठतम् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीज्यू र समग्र कानुन व्यवसायीकै विरुद्धमात्र नभएर अदालतकै मानहानी-अवहेलनाजन्य कार्यसमेत हो,’ महासचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्रिको अभियक्ति संविधान कानुन र सम्माननिय प्रधानमन्त्रीको पदिय मर्यादा अनुकुल छैन । उक्त अभिव्यक्तिप्रति प्रधन्म्नात्री ओलीले सार्वजनिक रुपमा माफी माग्नु पर्दछ ,अन्यथा शशक्त विरोधका कार्यक्रमहरु सार्वजनिक गर्नेछौ विज्ञप्तिमा उल्लेख छ।
