नवलपरासी प्रहरीद्धारा अवैध समान बरामद पछि भन्सार,
माघ १२ ,नवलपरासी पश्चिम – नवलपरासी पश्चिमका विभिन्न स्थानबाट प्रहरीले आईतबार ५ लाख ४ हजार ४ सय मुल्य बराबरको अवैध माल सामान बरामद गरेको छ ।
जिल्लाको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट उक्त मुल्य बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।
नेपालबाट भारततर्फ लैजादै गरेको ३८ बोरामा १९ क्वीन्टर मटर र ४ बोरामा ८० किलोग्राम मकै ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी बसहियाबाट खटिएको टोलीले बरामद गरेको हो ।
प्रतापपुर गाउँपालिका वडा नं ५ बसहियाबाट बरामद गरिएका मटर र मकै १ लाख ५८ हजार ४ सय मुल्य बराबरको रहेको लामाले जानकारी दिएका छन् ।
यस्तै भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ४६ थान सिलिक पर्दा र १९ रोल पोलिष्टर तन्नाको कपडा ईलाका प्रहरी कार्यालय बेलाटारीबाट बरामद गरेको हो ।
सुस्ता गाउँपालिका १ बाट बरामद गरिएका उक्त सामानहरु ३ लाख ४६ हजार मुल्य बराबर रहेको छ । बरामद गरिएका सम्पुर्ण सामान आवश्यक कार्यवाहीको लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । रविन्द्र यादव