नागरिक आन्दोलनमा प्रहरीको लाठ्ठी चार्ज सयौ घाईते ,

माघ १२ ,काठमान्डौ – प्रतिगमनकारी प्रधानमन्त्री केपी शर्मा ओलिविरुद नागरिक समाजले गरेको आन्दोलनलाई प्रहरीले दमन गरेको छ।

कमलपोखरीबाट माटोको टिका लगाएर शान्तिपूर्ण आन्दोलन हात्तिसार नकाल हुँदै वालुवाटार नजिक पुगेर पिपलचौतारामा कोण सभामा परिणत भएको प्रदर्शनमा नागरिक आन्दोलनका अगुवाले आ आफ्नो भनाई राहेका थिए।

नागरिक समाजका अगुवा डा गोविन्द केसी ,खगेन्द्र संग्रौलाले आफ्नो भनाई राखेपछि नारायण वाग्लेले आफ्नो भनाई राखेका थिए। प्रहरीले नागरिक आन्दोलनलाई वालुवाटारमा पस्न नदिन प्रहरीले निषेधित क्षेत्र घोषणा गरेको थियो।

कार्यक्रममा नारायण वाग्लेले वालुवाटार नागरिकको भएको र उक्त क्षेत्रमा आफुहरु प्रवेश गर्नपाउनु पर्ने प्रहरीलेले लगाएको निषेधित क्षेत्र तोडेर अगाडी बढ्नुपर्ने भनेपछि आन्दोलन अगाडी बढेको थियो।

प्रहरीले आन्दोलनकारीलाई रोकेपछि झडप हुने पुगेको थियो। प्रहरीको लाठ्ठी चार्जबाट सयौको संख्यामा नागरिक घाईते भएका छन् ,उनीहरुको अहिले त्रिभुवन शिक्षन अस्पताल महाराजगंजमा उपचार भैरहेको छ।