surkhet

नेपालगंजबाट हुने चार्टर्ड उडान बन्द, चर्को भाडा असुलेको थाहा भयपछि समान भाडार तोकियो ,,

surkhet

जेठ,१० नेपालगंज – बाँकेको नेपालगंज बाट प्रदेश नम्बर ५, ६ र ७ का पहाडी क्षेत्रमा गरिने चार्टर्ड उडान बिहीबारबाट बन्द भएको छ ।

चार्टर्ड उडानका नाममा यात्रुबाट चर्को भाडा असुली हुन थालेपछि उडान बन्द गर्ने निर्णय गरिएको नागरिक उड्डयन कार्यालय नेपालगन्जका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए ।

निजी विमानले चार्टर्ड उडानको नाममा दोब्बरभन्दा बढी भाडा असुल्दै आएका थिए ।

Dailekh
Gorkha

हाल नेपालगंजबाट तारा, सीता, समीट र नेपाल एयरलाइन्सले पहाडी जिल्लामा विमान सेवा सन्चालन गर्दै आएका छन्।

तिवारीका अनुसार अब समान भाडादर कायम गरिएको छ । नयाँ भाडादर पहिलेको सहुलियत दरभन्दा अलिक महँगो र चार्टरभन्दा सस्तो पर्ने छ ।

यसअघि सातामा एक दिन मात्र सहुलियत उडान हुने गरेको थियो ।

चार्टर्ड उडान बन्द गरेर समान भाडादर तोकिएपछि सबै यात्रुले तोकिएको समान भाडामा यात्रा गर्न पाउने सुनिश्चित भएको छ ।

salyan