जुम्लामा भिषण आगलागी २५ घर जलेर नस्ट ,

माघ १४ ,जुम्ला – जुम्लाको तिला गाउँपालिका,७ गोठीगाउँमा मंगलबार आगलागी हुँदा २५ घर जलेर नष्ट भएका छन् । आगलागीबाट मानवीयक्षति नभएपनि अन्नबाली र पशुचौपाए जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी युवनकुमार चौधरीले बताए ।

आगलागी भएको गाउँ खलंगा बजा देखि ३५ किलोमिटर पश्चिममा पर्ने गर्दछ । गोठीगाउँका बासिन्दा हिउँदमा चिसो छल्न बेसी झर्ने र गाउँमा घर कुरुवा मात्रै बस्ने भएकाले मानवीयक्षति हुन नसकेको र आगलागीलाई नियन्त्रणमा अल्युआन नसकीएको तिला गाउँपालिकाकी उपाध्यक्ष विष्णु बुढाले बताइन् ।

अहिले घटनास्थलमा खलंगा बजारबाट प्रहरी निरीक्षक नवीन थापा मगरको कमान्डमा टोलि त्यसतर्फ जाँदै छ ,थप क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले बताएको छ।