प्रतिगमनकारी केपी ओलीविरुद्द माईतिघर मण्डलामा मन्त्रि देखि सांसद आन्दोलित,

माघ १४ ,काठमान्डौ – प्रतिगमनकारी केपी शर्मा ओलीविरुद्द आज माईतिघर मण्डलामा नेकपाका मन्त्रि देखि सांसद आन्दोलित भएका छन्। उनीहरुले माईतिघरमा बसेर शान्तिपूर्ण प्रदर्शन गरेका थिए।

प्रदर्शनमा तत्कालिन वन तथा वातावरणमन्त्रि शक्ति बहादुर बस्नेत ,सत्या पहाडी , पम्फा भुसाल ,देव गुरुङ ,मात्रिका यादव ,अस्टलक्ष्मी शाक्य लगायतको उपस्तिथिति थियो।

उनीहरुले लोकतन्त्रवादी एक हौ ,संघिय लोकतान्त्रिक जिन्दावाद ,प्रतिनिधिसभा असंवैधानिक विघटन खारेज गर लगायतका नाराहरु प्रदर्शनमा लगाएका थिए।

lekbesi

तेस्तै आज १४ गते देखि सुरु भएको प्रदर्शन २१ गते सम्म दिउँसो १२ बजे देखि २ बजे सम्म गर्नेपनि उनीहरुले बताएका हुन्।

#रंग दर्पण