प्रचण्ड – माधव समूहको आजपनि माईतिघरमा बृहत धर्ना ,सर्वोच्च अद्लातले न्याय नदिए सडकबाट संसद सुचारु गर्छौ,

माघ,१५ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा आजपनि माइतीघर मण्डलामा धर्ना गरेको छ। समूहका सांसद, प्रदेशसभा सदस्यलगायतको उपस्थितिमा बिहीबार माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।

संविधान, संघीयता, र गणतन्त्रको रक्षाका लागि धर्ना कार्यक्रमको आयोजना गरिएको सो समूहले जनाएको हो ।धर्नमा सहभागीहरुले ‘लोकतान्त्रिक शक्तिहरु एक हौं’, ‘संसद विघटन गर्न पाइँदैन ,निरंकुशतन्त्र चाहिँदैन’ संविधान सभा सुचारु गर ,लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।

नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको बिरोधमा बुधबारबाट आन्दोलनको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ भने सो धर्ना कार्यक्रम २१ गते सम्म चल्ने समुहले जना एको हो।

तेस्तै भोलि सहिद दिवसको दिनमा धर्ना कार्यक्रम मईतिघरमा सम्पन्न पछि सबै भोटाहिटीमा जम्मा हुने र लैनचौरमा पुगेर सहिदहरुको शालिकमा माल्यार्पण गरिने सो समूहले जनाएको छ।

रंग दर्पण,,