केपी ओलीलाई चुट्कीमै ध्वस्त पार्दिनछु, प्रचण्ड ,

माघ १५ ,रुपन्देही – नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड – माधव समूहका अधय्क्ष पुष्पकमल दाहाल प्रचण्डले काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशतालाई जनताले चुट्कीको भरमा ध्वस्त पार्दिने बताएका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध सो समूहले बुटवलमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले केपी ओली सामन्ती निरंकुशताको एजेन्ट जस्तो देखिएको बताएका हुन्।

ओली श्री ३ महाराजधिराज बन्ने गरी निरकुंश र स्वच्छेयाचारी रुपमा अघि बढेका छन् उनको निरंकुशता केहि महिनाभित्र चुड्कीको भरमा ध्वस्त हुने छ ,केपी ओलीले अहिले संविधानलाई अतिक्रमण गर्ने गरेका छन्।

, लोकतन्त्रको हत्या गर्ने गरेका छन् ,२५० वर्ष पुरानो राजतन्त्रलाई लत्याएर जनताले जंगल पठाएको ओलीलाई स्मरण होला अब उनको पनि तेही हालत हुने छ दाहालले भने।