सर्वोच्च अदालतले प्रधानमन्त्रीलाई भन्यो वारेसमा हैन आफै लिखित जवाफ सहित उपस्तिथित हुनुस ,

माघ १५ ,काठमान्डौ – अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ । प्रतिनीधसभा विघटनको मुद्दामा बाजे वकिललाई ईज्लास्मा लगेर तमासा गरेको भन्दै ओलीले अभिव्यक्ति दिएका थिए।

सोहि विषयमा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो । रिटको प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवहेलनामा किन कारबाही हुनु नपर्ने हो ? भन्नेबारे लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश दिएको छ ।

तेस्तै ओलीले वारेस राखेर जवाफ मिल्दैन आफै लिखित जवाफ सहित पेश हुनुपर्ने छ । प्रधानमन्त्रीले केपी शर्मा ओलीले संसद विघटनको मुद्दामा भइरहेको बहसकै विषयमा विवादास्पद अभिव्यक्ति दिएपछि वरिष्ठ अधिवक्‍ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले अदालतको अवहेलनाको मुद्दा दर्ता गरेका थिए ।