suekhet
bheriad

२२ जना मन्त्रीले बुझायको सम्पति विवरणमा कसको सम्पति कति ?

lekabesi

जेठ १० काठमान्डौ – सरकारले प्रधानमन्त्री केपी ओलीलगायत २२ मन्त्रीको सम्पत्ति विवरण बुधबार सार्वजनिक गरेको छ। सरकार गठनको ९५ दिनपछि प्रधानमन्त्रीलगायत सबै मन्त्रीको सम्पति विवरण सार्वजनिक गरिएको हो।

भ्रष्टचार निवारण ऐन २०५९ अनुसार सार्वजनिक पद धारण गरेको ६० दिनभित्र सबै पदाधिकारीले तोकिएको निकायमा सम्पति विवरण बुझाउनुपर्ने प्रावधान छ।

प्रावधानअनुसार प्रधानमन्त्री ओलीसहित सबै मन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्पति विवरण बुझाएका थिए।

२२ जना मन्त्रीले दियको सम्पति विवरण यस्तो छ ।,,

१.प्रधानमन्त्री केपी शर्मा ओली

श्रीमती राधिका शाक्यको नाममा भक्तपुरमा ढेड रोपनी सहितको ३ तल्ला घर , झापा १० कट्ठा , प्रधानन्त्रीको नाममा वैङ्क व्यालेन्स ४२ लाख ,सुन १८ तोला , श्रीमती राधिका शाक्यको नाममा १० लाख मौज्दात, राधिकाको नाममा शेयर २५ लाख।

२.रक्षा मन्त्री इश्वर पोख्रेल

टोखा ६ मा २३ आनामा वनेको ३ तले घर , जग्गाा झापामा १२ कट्ठा, भक्तपुरमा १ रोपनी , खानीखोलामा ४ रोपनी जग्गा श्रीमती मिरा पोख्रेलको नाममा सुन ९ तोला, चादी २५ तोला , शेयर १३ लाख वढि , ऋण २० लाख।

३. गृह मन्त्री राम वहादुर थापा

श्रीमती नैनीकला थापाको नाममा चितवन भरतपुरमा घर, चितवनमा २३७ वर्गमीटर जग्गा , सुन ६ तोला, नगद ३ लाख ६० हजार , शेयर १४ हजार ६ सय , पाटीको एउटा गाडी।

४. शिक्षा मन्त्री गिरीराज मणि पोख्रेल

खोटाङमा २२ रोपनी, वैङ्क मौज्दात झण्डै ४ लाख।

५. वन तथा वातावरण मन्त्री शक्ति वहादुर वस्नेत

जाजरकोटमा घर, जग्गा १.८.०.०वर्ग मीटर जग्गा , स्कोरपियो गाडी पार्टीवाट प्राप्त , नगद १५ लाख , सुन ५ तोला, चादी १० केजी।

६. भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ

श्रीमती जुली कुमारी महतोको नाममा जनकपुर उपमहानगरपालिकामा साढे २ तले घर, ललितपुरमा साढे दुई तले पक्की घर ।, धनुषा, सिन्धुली, र ललितपुरका विभिन्न स्थानमा करोडौ मूल्यको जग्गा ।, विभिन्न वैङ्कमा नगद ७२ लाख , सुन २७ तोला, चादी ढेड केजी, जवाहरात स्टोन भएको , श्रीमती जुलीको नाममा झण्डै ७ करोडको शेयर , सगोलमा १ सय ५० विगा जग्गा , ऋण २ करोड।

७.उर्जा , जल श्रोत तथा सिचाई मन्त्री वर्षमान पुन

रोल्पा जंकोटका विभिन्न स्थानमा ३ वटा घर, जग्गा केहि रोपनी , सुन १५ तोला चादी २ केजी र नगद ७ लाख ५० हजार , हल्का सवारी चालक १।

८.उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादव

सिराहा रामनगरमा घर ,सिराहामा १ करोड भन्दा वढि मूल्यको जग्गा , सुन १६ तोला , ४ लाख वढि वैङ्क मौज्दात।

९.अर्थ मन्त्री युवराज खतिवडा

कठमाडौ कामनपा ४ मा १९ आनामा वनेका दुइवटा घर । जग्गा भत्तःपुर र काठमाडौमा गरि २८ आना वढि जग्ग्गा, दोलखा र झापामा पनि लाखौ मूल्यको जग्गा ।, सुन १० तोला , चादी १ किलो, अम्ेरिकी डलर १०७०३ विभिन्न वैङेकमा गरि करोडौ वैङेक व्यालेन्स ,ऋण दिएको २४ लाख , मोटरकार।

१०कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेर वहादुर तामाङ

काठमाडौ गोकर्णेश्वरमा अढाई तले घर, खोटाङमा १०५ रोपनी जग्गा , काठमाडौ, सिन्धुुपाल्चोक, मोरङमा करोडौ मूल्यका जग्गा , सुुन ३० तोला, वैङ्क व्यालेन्स १ लाख २८ हजार , विभिन्न वैङ्कमा शेयर १५ लाख , ऋण ७० लाख , कार एउटा।

११.कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल

कपिलवस्तुका विभिन्न स्थानमा ३ कट्ठा वढि जमीन , विभिन्न वैङकमा गरि झण्डै १५ लाख नगद , १० लाख वढिको शेयर, स्कूटर।

१२.महिला वालवालिका तथा समाजकल्याण मन्त्री थममाया थापा

वेनी ८ मा घर , वैङ्क मौज्दात १५ हजार।

१३.संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालवावु पण्डित

मोरङ विराटनगर १२ मा १ कट्ठामा वनेको ५ कोठे घर।, पैत्रिक सगोलमा ४ विघा जग्गा ,सुन १० तोला , चादी १५ तोला , वैङ्क मौज्दात श्रीमती विमलाको नाममा सहित ५५ लाख , काठमाडौ भैसेपाटीमा ४ आना जग्गा।

१४.परराष्ट्र मन्त्री प्रदिप ज्ञावाली

कठमाडौ ३१ मा २ तले पक्की घर, सुन २ तोला, वैङ्क मौज्दात २ लाख ६० हजार।

झण्डै १५ लाख ऋण

१५.युवा तथा खेलकुद मन्त्री जगत वहादुर सुनार

पोखरामा ५ रोपनी वढि जग्गा, सुन ५० तोला , १३ लाख मौज्दात श्रीमती अञ्जु कुमार विश्वकर्माको नाममा ७ लाख ,ऋण दिएको ५ लाख।

१६. श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट

कामनपा २९ मा ४० लाखको जग्गा,गुल्मी इष्मामा २ कच्ची घर, गुल्मीको विभिन्न स्थानमा ५० रोपनी वढि जग्गा , सुनको सिक्री २, वाला २, टप ३४ सेट र औठी ३ वटा , विभिन्न वैङ्कमा शेयर , ऋण ७० लाख वढि।

१७.संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी

पोखरा लेखनाथमा पैत्रिक घर , काठमाडौ वुढानीलकण्ठमा घर ,पोखरालेखजाथ मा ९४ रोपनी जग्गा , सुन ६० तोला, चादी ३० केजी ,वैङ्क मौज्दात २४ लाख ५७ हजार , शेयर ३२ लाख वरावरको , एउटा सानो कार।

१८.सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल वास्कोटा

भक्तपुरमा एक तले पक्की घर, वनेपामा १० रोपनी भन्दा वढि जग्गा ।, सुन १७ तोला, चादी ६० तोला , शेयर सहित नगद मौज्दात झण्डै २० लाख , ऋण १५ लाख लिएको।

१९.खानेपानी मन्त्री विना मगर

पती प्रकाश दाहालको नाममा चितवन भरतपुरमा २ कटठा र सासु सिता दाहालको नाममा भरतपुरमा १२ कट्ठा जग्गा ,। सुन ५ तोला, चादी।

२० संस्कृति पर्यटन राज्यमन्त्री धन वहादुर वुढा

डोल्पा र वाकेका विभिन्न स्थानमा ४ रोपनी वढि र ढेड कठ्टा जमीन , ४० लाखको हाइलक्स गाडी।

२१.स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याल

स्याङ्जा वालिङ १ मा १२ आना सहितको घर, शेयर १ लाख ७५ हजार , ऋा लिएको ८ लाख , जग्गा विभिन्न स्थानमा २ विगा भन्दा वढि ।, काठमाडौका विभिन्न स्थानमा झण्डै १० आना जग्गा, स्याङजा लगायतका ठाउमा झण्डै ७० रोपनी जग्गा सुन १५ तोला , चादी २० तोला , विभिन्न वैङकमा साढे ७ लाख मौज्दात , ट्याक्टर ३ वटा।

२२ कृषि भुमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरी

२ तोला सुन, ५५ तोला चादी , ऋण ५ लाख,।

सार्वजनिक गरिएको सम्पत्ति विवरणमा सरकारका मन्त्रीहरूमध्ये सबैभन्दा धनी मन्त्री भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ देखिएका छन्। 

भने सबैभन्दा कम महिला वालवालिका तथा समाजकल्याण मन्त्री थममाया थापाको देखिन्छ।