देशभर ४६ हजार बढीलाई कोरोनविरुद्दको खोप लगाईयो ,
माघ १६ ,काठमान्डौ – शुक्रबारसम्ममा देशभरमा ४६ हजार बढीलाई (कोभिड १९) कोरोना विरुद्दको खोप लगाईएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६९ खोप बुथबाट ७७ जिल्लामा कुल जम्मा ४६ हजार १९७ जना व्यक्तिहरुले खोप लगाएको हो।
तेस्तै सबैभन्दा बढी वाग्मती प्रदेशमा खोप लगाईएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ। वाग्मतीमा आजसम्म १५ हजार ६ सय ४१ जनाले खोप लगाएका छ भने सबैभन्दा कम प्रदेश नम्बर १ मा ७ हजार ३ सय ६९ जनाले खोप लगाएका हो ।
त्यस्तै प्रदेश नम्बर २ मा आजसम्म ४ हजार ६ सय ५०, गण्डकी प्रदेशमा ७ हजार १ सय ५३, लुम्बिनी प्रदेशमा ४ हजार ६ सय ३५, कर्णाली प्रदेशमा २ हजार ९ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७ सय ८३ जनाले खोप लगाएका छन् ।
स्वाथ्य मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले खोप पश्चात् अवाञ्छित घटनाको अनुगमन तथा व्यवस्थापन गर्नका लागि देशभरि नै विज्ञ चिकित्सकहरु परिचालन गरिएको जानकारी गरेका छन् ।
हाल ७७ जिल्लाका १ सय ६९ खोप केन्द्रहरुबाट खोप अभियान सञ्चालन भइरहेको छ । आजको मितिसम्म खोप प्राप्त गरेको केही व्यक्तिहरुमा हालसम्म सामान्य असरहरु देखिएपनि कसैलाई पनि जटिल स्वास्थ्य समस्या नभएको मन्त्रालयले बताएको छ ।
खोप अभियानको पहिलो दिन बुधबार ११ हजार ८४ जनाले खोप लगाएका थिए भने दोस्रो दिन १८ हजार ७ सय ३२ जनाले खोप लगाएको मन्त्रालयका सहप्रवक्ता डा.समिकुमार अधिकारीले बताए ।