गोरखा ताकुकोट सेवा समाज काठमाडौँको पाँचौ साधारणसभामा स्मारिक २०७७ को विमोचन गर्दै नारायणकाजी श्रेष्ठ ,

माघ १७ ,काठमान्डौ – गोरखा ताकुकोट सेवा समाज काठमाडौँको आज पाँचौ बार्षिक साधारणसभा सम्पन्न भएको छ। काठमान्डौको बनस्थली ढुंगेधारा च्छोरोल्पा पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा नेकपा प्रवक्ता रास्ट्रियसभा सदस्य साथै पूर्व उपप्रधानमन्त्री नारायणकाजि श्रेष्ठको प्रमुख आतिथ्य उपस्तिथि थियो।

२०७२ सालको महामारी भूकम्पको बेलादेखि सुरु गरिएको ताकुकोट सेवा समाजले आज सम्म गाँउपालिकामा समाज सेवा गर्दै आईरहेको छ।

मानिसले आफ्नो जीवनलाइ सार्थक बनाउन ,आफु बाँच्न र बचाउन आ -आफ्नो तवर तरिका छन् ,तेस्को यौटा पाटो समाज सेवा हो ,राजनीतिक बाहेक पनि विभिन्न कोणबाट समाजलाई समाज सेवा परिवर्तन गर्न सकिन्छ ,जसको उदाहरण भनेको गोरखा ताकुकोट समाज रहेको भन्दै प्रवक्ता श्रेष्ठले सुभकामना दिएका थिए। सुभकमान संगै ताकुकोट सेवा समाजले सुरु गरेको स्मारिका २०७७ को पनि श्रेष्ठले विमोचन गरेका थिए।

पाँचौ साधारणसभाले निर्विरोध चयन गरेको नयाँ समिति चयन ,

 

ताकुकोट सेवा समाजले आज आफ्नो वाषिक साधारणसभा संगै नयाँ समिति पनि चयन गरेको छ। अहिले सम्म ताकुकोट समाज सेवामा ३०० बढी आजीवन सदस्य छन्, गोरखा-ताकुकोट सेवा समाज काठमाडौको ऐतिहासिक पाचौं साधारण सभाले निर्विरोध रुपमा चुडाप्रसाद वस्ताकोटीको नेतृत्वमा १३ सदस्यीय नँया कार्यसमिति चयन गरेको छ।

ताकुकोट समाजको स्मारिका २०७७ विमोचन गर्दै नारायणकाजि श्रेष्ठ ,

 

तेस्तै समाजको साधारण सभामा आजीवन सदस्यहरुलाई सम्मान पत्र सहित खादा ओडाएर सम्मान गरिएको थियो, भने आजीवन सदस्य रहेकाहरुका छोरा छोरी जसले भर्खरको सीईएमा उत्क्रिस्ट अंक ल्याउनेहरुलाई पनि सेवा समाजले सम्मान पत्र सहित पुरस्कार वितरण गरेको थियो।  साधारणसभामा कलाकारहरुले आ -आफ्नो प्रस्तुति राखेका थिए, कलाकारलाई पनि समाजले सम्मान गरेको थियो।

रंग दर्पण ,

,