रुकुम चौरजहारी

प्रचण्ड – नेपाल समूहको केन्द्रिय कमिटिले केपी ओलीलाई कारबाही गर्दै ,

रुकुम आठ विसकोट

माघ १८ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड – माधव नेपाल समूहको केन्द्रिय कमिटिको बैठकले काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने बताएको छ।

बबरमहलस्तिथित कार्की ब्यांक्वेटमा बसन लागेको सो समहूको केन्द्रिय कमिटि बैठकमा केपी ओलीलाई नेकपाको साधारण सदस्यबाट हटाउने एजेण्डा रहेको रंग दर्पणलाई जानकारी भएको हो।

गत माघ ११ गते बसेको प्रचण्ड – नेपाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ । केपी शर्मा ओलीले गत पुष ५ गते संसद विघटन गरेपछि नेकपा अहिले दुई समूहमा विभाजित भएको छ।

तेस्तै दुवै समूहले आ आफुले नेकपाको आधिकारिक आफ्नो आधिकारिता दाबी गरिरहेका छन् ।तेस्तै निर्वाचन आयोगले ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी नै आधिकारीक भएको निर्णयसमेत गरेको छ।४ सय ४१ जनामध्ये आफूहरूसँग २ सय ९७ जना केन्द्रीय सदस्य रहेको प्रचण्ड-नेपाल पक्षको दाबी छ।