नेकपा अधय्क्ष दोवय प्रचण्ड – माधव नेपाल सहितका नेताहरु बसे धर्ना ,
माघ १८ ,काठमान्डौ – प्रतिगमनका विरुद नेकपा अध्यक्षदोय पुष्पकमल दाहाल प्रचण्ड माधव कुमार नेपाल, बरिस्ठ नेता झलनाथ खनाल लगायतका नेताहरु माईतीघर मन्डलामा धरणा बसेका छन् ।
साथमा नेकपाका प्रवक्ता संविधानसभा सदस्य सदस्य नारायणकाजी श्रेष्ठ , नेकपा सचेतक देव गुरुङ ,पम्फा भुसाल संविधानसभाका सदस्य सांसदहरुको उपस्तिथि रहेको थियो ।
प्रतिगमनकारी केपि शर्मा ओलिविरुद्द नेकपा प्रचण्ड माधव समूहले गत १४ गतेबाट माईतीघर मन्डलामा धर्ना कार्यक्रम गरिरहेको छ । धर्ना कार्यक्रम २१ गतेसम्म निरन्तर चल्ने युवा संघका संयोजक रन्जित तामाङले बताए ।
तेस्तै नेकपा प्रचण्ड माधव समुहले वागमति प्रदेशमा गरेको अविश्वास प्रस्तावको बारेमा आजैदेखि छलफल अगाडी बढाउने बताएको छ । केपि ओलिले गरेको संसद विघटनका विरुद्द माइतीघर मन्डलामा संविधानसभाका सांसदहरुले आ -आफ्नो भनाईहरु राखेका थिए ।
केपि ओलिका कारण आफनो समाज गाउँ घरमा पानी बारा बारको समस्या देखीएको सांसद गङगा चौधरीले बताईन । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थपाना गर्न १७ हजार बढिले बलिदान गर्दापनि ओलीले अझै देशलाइ मुटभेटमा लैजान खोजेको चौधरीले बताईन।