रुकुम चौरजहारी

केपी ओलीलाई नेकपाको साधारण सदस्य नरहनेगरि हटाईयो, विष्णु पौडेलको महासचिव पद खोसियो ,

रुकुम आठ विसकोट

माघ १९ ,काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) प्रचण्ड – नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निष्काशन गरेको छ।

बाबाहरमहलस्तिथित कार्की ब्याङ्क्वैटमा सोमबार बसेको चौथो केन्द्रीय समितिको बैठकले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो।

तेस्तै आजको बैठकले विष्णु पौडेललाई महासचिव पदबाट हटाउने निर्णयसमेत गरेको छ। प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीलाई पार्टीको साधारण सदस्य र पौडेललाई महासचिवबाट हटाउन गरेको प्रस्ताव बैठकले पारित गरेको हो।

पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नआएकाले ओलीलाई साधारण सदस्य नरहनेगरी कारबाही गरिएको हो। महासचिव पौडेललाई केन्द्रीय सदस्यबाट निष्कासन गरिएको र स्पष्टीकरण सोधीएको छ ,पौडेललाई साधारण सदस्यबाट कारबाही गरिएको छैन, उँहाको जवाफ आएपछि यसबारे पार्टीले निर्णय गर्ने छ ।

 

प्रचण्ड–माधव समूहको माघ ११ गते पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओलीलाई साधारण सदस्य हटाउने निर्णय गरेको थियो।

त्यस्तै, दुई अध्यक्षको परामर्शमा महासचिवले बैठक बोलाउने विधानको प्रावधानलाई संशोधन गरिएको समेत बैठकमा जानकारी गराइएको थियो। संशोधित व्यवस्था अनुसार कार्यकारी अध्यक्षले मात्रै पनि बैठक बोलाउन सक्नेछन्।