तत्कालिन राजा ज्ञानेन्द्रले कू गरेको दिन केपी ओली सरकारले पनि सेना परिचालनको संकेत गर्यो ,
माघ २० ,काठमान्डौ – नेपाली सेनाले बख्तरबन्द गाडी १९ गते हिजो राति १० बजेबाट काठमाडौंको चक्रपथ परिक्रमा गरेको छ । तेस्तै सेनाले बुधबार काठमाडौंबाट काभ्रेको पाँचखालसम्म बख्तरबन्दको अभ्यास गर्ने जनाएको छ ।
नेपालि सेनाले यसलाई नियमित प्रक्रिया भनेपनि जनता र बुद्दिजीवीहरुमा भने शंका बढेको पाईन्छ। केपी ओलीले गत पुष ५ गते संसद विघटन गरेका छन् ,संसद विघटनसंगै देशमा शंकटकालिन अवस्थासमेत घोषणा र नेपाली सेना परिचालन हुनसक्ने देशमा चर्चा भईरहेकोबेला सेनाले हिजो देखि बख्तरबन्द गाडी सहित परिक्रमा गरेको छ।
धेरैले भने २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले चालेको निरङ्कुश कदमको झझल्को दियको बताएका छन् । राजा ज्ञानेन्द्रले राजनीतिक ‘कू’ गरेको हिजो १६ वर्ष पुरा भएको छ ,सोहि दिन म्यानमारमा पनी सत्ता कब्जा भएको छ ,नेताहरुलाई कब्जामा लिईएको छ भने देशभर टेलिफोन विधुत समेत काटिएको छ।
ज्ञानेन्द्रले कू गरेकैदिन सेनाले बख्तरबन्द गाडीमा व्यवसायिक र राष्ट्रिय सेनाले नियमित अभ्यास गरेपनि धेरैले भने यसमा प्रश्न उठाएका छन्। यसले सेनाको व्यवसायिक छविप्रति जनता र वौद्धिक समुदाय विश्वस्त हुने बताईको छ।
सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलका अनुसार देशको पछिल्लो राजनीतिक संकटका कारण जनमानसमा भ्रम पैदा हुनसक्ने भन्दै सेनाले यसबारे अग्रिम जानकारी गराएको छ ।
सेनाको वख्तरवन्द २१ गते देशका विभिन्न प्रमुख शहरहरुमा वख्तरवन्द निकालिने भएका हुन् । ८ वटै पृतना अन्तर्गतका मेकानाइज्ड युनिटहरुबाट वख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको सेनाले जनाएको छ ।