प्रचण्ड नेपाल समूहको संसद भवन अगाडी चक्का जाम ,
माघ २१ ,काठमान्डौ – नेकपा कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष प्रचण्ड- माधव कुमार नेपाल समूहले वानेश्वरस्तिथित संसद भवन अगाडी चक्का जाम पारेको छ।
प्रचण्ड-माधव समूह मिन भवन क्याम्पसका विद्यार्थीले नयाँवानेश्वरस्थित संसद भवनकै अगाडि जाम गराएका हुन् ।
सो समहूको तेश्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत विद्यार्थीहरुले सडक चक्का जाम गरेका हुन्।
आन्दोलनको सेडुल भने आज २१ गते क्याम्पस अगाडी चक्का जाम गर्ने भन्ने थियो तर विद्यार्थीले संसद भवन अगाडी चक्का जाम पारेका हुन्।तेस्तै प्रचण्ड – नेपाल समूहले भोलि २२ गते राजधानीमा युवा मर्चा पास गर्दै छ।