जनता झुक्याउन रुकुमपश्चिममा पाँच वर्ष सम्म नाली खन्ने काम ,
माघ २१ ,रुकुमपश्चिम – पश्चिम रुकुम चौरजाहारी नगरपालिका वडानम्बर २ वारी बजारको सडकको नाली पाँच बर्षसम्मपनि सम्पन्न हुनसकेको छैन।
तेस्तै स्थानीय सरकार बनेपछि विकासले मुहार फेर्ने सपना सोचेर बसेका जनताहिले सम्मपनि धुलोमा हिड्न बाध्य भएका छन्। तेस्तै स्थानीय सरकारलेको लापरबाहीका कारण हाल सम्म सडक कालोपत्रे समेत हुन सकेको छैन।
विकासका नाममा स्थानीय निर्वाचित उमेद्वारहरुले गैरजिम्मेवारी जवाफ दिदै जनतालाई ढाटदै आईरहेका छन्। वर्षौ बाट निर्माणनार्थ नाली हाल सम्म सपन्न हुननसकेको भन्दै स्थानीय आक्रोसित बनेका छन्।