प्रधानमन्त्री ओली कार्यक्रममा भक्कानियर रोय ,
माघ २३ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली नारायणहिटी अगाडि आयोजित सभालाई सम्बोधन गर्दै गर्दा रोएक छन् । बोल्दा बोल्दै रोकीएर केपी ओलीले पकेटबाट रुमाल झिकेर आँशु पुछेका थिए।
केहि छिन ओलीको गला सुकेकोले उनले अंगरक्षकसंग पानि मागे र दुवै हात उठाएर माथि उठाउदै सहभागीलाई शान्त शान्त भनेका थिए।
ओली भावविहल भएपछि नजिकैका हरुले सोधेका थिए ,तर ओलीले चिसो भयो भनेर जवाफ दिएका थिए ,तर ओलीले आँखाबाट आँशु झारेका थिए।
आजको जनसभामा केपी ओलीलाई देशका महिलाहरु साथ दिएका छन् र जेष्ठ नागरिकले साथ् दिने गरेका छन् भनेर केपी ओलीको ठुलो फोटो बनाउने र राख्ने गरिएको छ।
ओलीले आफ्नो शक्ति लगाएर निषेधितक्षेत्र नारायणहिटी दरबारअगाडी जनसभा गरेका थिए ,तेती मात्र हैन ,केपी ओलीले आफ्नो कार्यक्रमलाई देखाउन ड्रोन क्यामेरा समेत चलाए।
ओली अहिले सरकारमा छन् उनले जति तामझाम देखाएपनि उनलाई सहज छ ,कार्यक्रम लागेको सबै खर्च नेपालि जनतालेनै कर तिर्ने हो ,उनले विभिन्न स्थानमा स्क्रिन टिभ लगाए।
सडक सडकमा आफ्ना तस्विर टांसे तर उनले जतिसुकै तामझाम देखाएपनि ओलीलाई आफुलाई गरेको गल्ति भने प्रस्ट थाहा छ। यो उनको अन्तिम बेला हो अहिले उनले लागे पुगे सम्म आफ्नो बल प्रयोग गर्ने छन् र केहिदिनमा वालुवाटार छोड्ने छन्।