प्रधानन्यायाधीशले केपी ओलीका निजि वकिललाई भने अब समय धेरै भो छोट्याउनुहोस ,

माघ २५ ,काठमान्डौ – प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको बहस ३० माघ भित्र सक्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आग्रह गरेका छन्। संसद विघटन मुद्दामा आफ्नो बहस ३० माघभित्रमा सक्न सरकारी पक्षलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आईतबार यस्तो आग्रह गरेका हुन् ।

उक्त मुद्दामा आइतबार सरकारी वकिलको बहस सकिएको छ। अझै प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा र एमिकस क्युरीका वकिलको बहस र रिट निवेदकका वकिलको जवाफी बहस बाँकी छ।

आइतबार प्रधानमन्त्रीका निजि वकिल रमेश बडालले बहस गरेका थिए ,प्रधानन्यायाधीश राणाले सुरुमा उनलाई २० मिनेट समय दिएका थिए। तोकिएको समयमा बडालको बहस नसकिएपछि थप १० मिनेट समय दिएका थिए।

प्रधानन्यायाधीश जबराले प्रधानमन्त्री मात्र नभई सबै विपक्षीहरुको तर्फबाट बहस यो हप्ताभरिमा सक्नुपर्ने बताएका हुन् । ‘हामीले तपाईहरुलाई दिएको माघ १९ देखि हो, ३० गतेसम्म सबैको तर्फबाट सिध्याइसक्नुपर्छ’ प्रधानन्यायाधीश जबराले भने ।

हामीलाई पनि केहि समय चाहिनेहोला तेसैले अब बहसको समय छोट्याउनुहोस प्रधानन्यायाधीशले भने ।प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दमा माघ ४ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको छ ।

जसमा रिट निवेदकका कानुन व्यवसायीबाट करिब ७० जनाले बहस गरेका थिए भने सरकारी कानुन व्यवसायीमा १० जनाभन्दा बढीले बहस गरेका छन् । आइतबार सरकारी वकिलहरूले बहस सकाएपछि प्रधानमन्त्री ओलीको तर्फबाट कानुन व्यवसायीहरूले बहस गर्न सुरु गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायी र ५ जनाको एमीकस क्युरीले बहस गर्न बाँकी रहेको छ । पुस ५ गते केपी ओलीले मन्त्रिपरिषद बैठकको सिफारिसमा विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेका थिइन्।

लगत्तै संसद विघटन संविधानविपरित भन्दै सर्वोच्च अदालतमा दर्जन बढी मुद्दा दायर भएका थिए। प्रतिनिधिसभा विघटनविरुद अहिले देशभर आन्दोलन भएको भईरहेको छ।