प्रदेश २ मा दलित सभाको आयोजना प्रारम्भ ,,
जेठ ११ – प्रदेश सभा २ मा दिलित समुदायको लागि भनेर एक बिशेष कार्यक्रम गरियको छ ।,सिरहाको लाहानमा आज देखि कार्यक्रम भयको छ , दलित सरोकार मञ्च, नेपाल र डिग्नटी इनिुसिएटिभले संयुक्त रुपमा सभाको आयोजना गरेका हुन्।
कार्यकर्मले दलितको न्याय रसमृद्धिका बिषयमा बिशेष छलफल प्रारम्भ गर्ने छ।
कार्यक्रमको पहिलो दिन मधेशी दलित र शिक्षा, स्वास्थ्य, मधेसी महिलाका सरोकार र समृद्धि र दलितका विषयमा व्याप्क छलफल गरिएकोे छ ।
सभामा भोला पासवान, ख्याम विश्वकर्मा, जेबी विश्वकर्मा, सञ्जु सरबरियालगायतले विषयगत रुपमा आफ्ना धारणाहरु राखे भने वरिष्ठ अधिवक्ता हिम्मत सिंह, लेखक चन्द्रकिशोर, प्रदेशसभा सदस्य सुनिता राम लगायतले टिप्पणी गरेका थिए ।
कार्यक्रमको दोस्रो दिन शनिबार मधेसी दलितका लागि सकारात्मक विभेद र आरक्षण, राजनीतिक दलित प्रतिनिधित्वका विषयमा बृहत छलफल हुनेछ ।
शनिबार प्रदेश नम्बर २ का सरकारका प्रतिनिधि, प्रदेश सभाका सांसद र राजनीतिक दलका प्रतिनिधि र स्थानीय सरकारका प्रतिनिधिहरु पनि सहभागी हुने बताइएको छ ।
दलितसभाको छलफल उठेका सवाललाई प्रदेश सरकार, सांसद, राजनीतिक दलका नेता र अन्य सरोकारवालालाई बुझाइने छ ।
दलितसभामा राष्ट्रियसभा सदस्यसहित प्रदेश नं. २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने ९ जना दलित सांसद सहभागी हुनेछन् भने प्रदेश अन्तर्गत सबै जिल्लाबाट दलित राजनीतिक नेता/कार्यकर्ता, अधिकारकर्मी गरी १२० जनाको सहभागीता रहेको छ ।
डिग्निटी इनिसिएटिभ अध्यक्ष ख्याम विश्वकर्माका अनुसार मधेसी दलितको सवालमा समृद्धि के हो ? मधेसी दलितका लागि कस्तो समृद्धि चरित्रको समृद्धि जरुरी हुन्छ ?
मधेसी दलितले कस्तो समृद्धि चाहन्छन् ? भन्नेजस्ता विषयमा आलोचनात्मक धारणाको निर्माण गर्नका लागि सभाको आयोजना गरिएको बताए ।
मधेसी दलितका आधारभूत सवालहरु शिक्षामा पहुँच, मधेसी दलितको स्वास्थ्य, दलितका लागि समृद्धि, मधेसी दलित महिला, मधेसी दलितका लागि सकारात्मक विभेद र आरक्षणको सवाल, राजनीति र दलित प्रतिनिधित्वजस्ता विषयमा बहस र छलफल गरिने दलित सरोकार मञ्चका भोलापासवानले बताए ।
यो सभाले गर्दा समाज र राज्यमा पनि केहि चेतना जाग्ने छ, र दलितका हक हितका लागि बोल्ने संस्था हरुले उनि हरुको पहुचको आधारमा समाबेसी , एकता ल्याउनेमा सहयोग गर्ने पनि मन्चका भोलापासवानले जानकारी दिय ।