राम कुमारी झाँक्रीलाई पक्राउ गर्न निवासमा प्रहरी पुगेपछि समर्थकको नाराबाजी ,
माघ २९ ,काठमान्डौ – प्रतिगमनकारी केपी शर्मा ओली विरुद्द आन्दोलन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव समूहकि नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न महानगरीय अपराध महाशाखाको टोली उनको निवासमा पुगेको छ।
उनले दिएको अभिव्यक्तिका सन्दर्भमा सोधपुछ गर्न प्रहरीले कार्यालयमा बोलाइएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए।
झाक्री हाजिर नभएपछि प्रहरी पक्राउ गर्न निवासमा पुगेको हो थापाले भने ,सोधपुछका लागि बोलाका छौ। अहिले झाँक्री निवासमा उनका समर्थकले नाराबाजी गरिरहेका छन्।उनीहरुले प्रतिगमन मूर्दावाद, प्रहरी हस्तक्षेप बन्द गरलगायतका नारा लगाइरहेका छन्।
बिहीबार बिहान महानगरीय अपराध महाशाखाको टोली झाँक्रीको निवास शंखमुलमा पुगेको हो । राष्ट्रपति भण्डारीविरुद्ध बोलेपछि विवादमा परेकी झाँक्रीलाई पक्राऊ गर्न अनेम संघले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई समेत ज्ञापनपत्र बुझाएका थिए।
झाक्रीले गोरखाको एक कार्यक्रममा बोलेकी थिइन् ,राष्ट्रपतिका कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु : निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गएपनि हुन्छ। नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो ? त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु।’