झाँक्री पक्राउ प्रकरणमा बाबुरामको प्रतिक्रिया यो सरकारको काल आएकै हो ?

माघ ३० ,काठमान्डौ – जनता समाजवादी पार्टीका अधय्क्ष पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले रामकुमारी झाँक्री पक्राउ प्रकरणमा आपत्ति जनाउदै यो सरकारको काल आएको प्रतिक्रिया दिएका छन्।

डा बाबुराईले लेखेका छन्, ओली सरकारले राष्ट्रपतिबारे विचार अभिब्यक्ति दिएकै आधारमा युवानेतृ रामकुमारी झॅक्रीलाई गिरफ्तार गरेछ। नेपालको संविधानले प्रत्येक नागरिकलाई “विचार र अभिव्यक्तिको स्वतन्त्रता”दिन्छ!” संविधानको पालन र संरक्षण” गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने? यो सरकारको काल आएकै हो?”

प्रचण्ड – नेपाल समुहकी केन्द्रिय सदस्य रामकुमारी झाँक्रीलाई सरकारले राष्ट्रपतिविरुद्ध आलोचनात्मक अभिव्यक्ति दिएको अभियोगमा पक्राउ गर्न लगाएको थियो। उनकै निवासमा पुगेर हिजो प्रहरीले झाँक्रीलाई पक्राउ गरेपछि झाँक्रीका समर्थकले चौतर्फी विरोध गरेका थिए। पक्राउ परेको ५ घन्टामा उनि रिहा भएकि थिइन्।