चित्र बहादुर केसीले दिय कम्युनिस्ट पार्टीलाई झारपातको संज्ञा ,,

जेठ ११, बुटवल – रास्ट्रीय जनमोर्चा पार्टीका अध्यक्ष चित्र बहादुर केसीले वर्तमान सरकार नेपाल कम्युनिस्ट पाटीलाई झारपातको संकेत गरेका छन् ।

,
झारपात जम्मा भयर कोहिपनि कम्युनिस्ट बन्न नसक्ने भन्दै व्यंग्यात्मक शैलीमा प्रहार गरेका छन्। , एमाले, माओवादी एक भयर कम्युनिस्ट भन्न सकिन्न यसलाई पुंजीवादी संज्ञाको तर्क दिनसकिन्छ ।

रुपन्देहीको पाँचौ जिल्ला सम्मेलनको शुक्रबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष केसीले एमाले र माओवादीको एकतालाई धेरैले खिसिट्युरी गरेपनि राष्ट्रिय जनमोर्चाले स्वागत गरेको व्यङ्ग्य गरे । विचार र कार्यक्रम मिलेपछि गरिएको एकताको बिरोध गर्नुको अर्थ नभएको बताए ।

अध्यक्ष केसीले केन्द्रमा थोरै अधिकार राखेर स्थानीय तहलाई धेरै अधिकार दिएर संघीय प्रदेश खारेज गर्नुपर्ने बताउँदै केन्द्र र स्थानीय तहलाई जोड्न सानो प्रशासनिक इकाइभए पुग्ने तर्क समेत गरेका छन् ।

संघीयताको आडमा तराईबाट हिमाल र पहाडलाई अलग गराउने षडयन्त्र भैरहेको भन्दै उनले यसबाट सचेत हुन जनतालाई आग्रह समेत गरेका छन् ।