आगामी बर्सको आर्थिक बजेट ७५ अर्बले थोरै ,,
जेठ ११ ,काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०७५/ ७६ मा १२ खर्ब चार अर्ब १९ करोडको बजेट ल्याउने तयारी गरेको छ ।
सरकारले चालु आवका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड बजेट विनियोजन गरेको थियो । अर्थ मन्त्रालयले आगामी आवको लागि ल्याउने तयारी गरेको बजेट चालु आवको भन्दा ७५ अर्बले थोरै हो ।
आगामी आवको बजेटमा कुल बजेटमध्ये सात खर्ब ५० अर्ब ७१ करोड अर्थात ६२.३ प्रतिशत चालु खर्च रहेको छ ।
तीन खर्ब ६ अर्ब २४ करोड रुपैयाँ अर्थात २५.४ प्रतिशत पुँजीगत खर्च र एक खर्ब ४७ अर्ब २३ करोड वित्तीय व्यवस्था खर्च रहेको छ ।
यसलाई पनि पढ्नुहोस
नेपालमा अहिले सम्मकै बढी बजेट खेकुदलाई छुट्याउन लागेको खेलकुद युवा तथा खेलकुद मन्त्रि जगत विश्वकर्माले बतायका छन् ।
, प्रतेक प्रदेशमा खेलकुद मैदान गराउने र युवा हरुलाई खेलकुदमा जागरूप बनाउने उदेश्यले ईतिहासमा नल्यायको बजेट ल्याईने बतायका छन्।
स्वास्थका लागि खेलकुद र खेलकुदको लागि स्वास्थ्य भन्ने मुलनारा सहित बजेट ल्याउने मन्त्रि बिश्वकर्माको भनाई छ।
समय र भौगोलिक अवस्थामा पर्ने प्रदेश र टोल नगरपालिकामा खेलकुद बिस्तार हुने पनि मन्त्रि जगत विश्वकर्माको भनाई छ ।