रुकुम चौरजहारी

सर्वोच्च अद्लातलाइ अवहेलना गर्ने केपी ओलीलाई भिराईयो अवहेलना मुद्दाको म्याद सात दिनभित्र उपस्तिथिति हुनुपर्ने ,

रुकुम आठ विसकोट

फागुन ३ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सर्वोच्च अदालतलाई समेत अवहेलना गरेर थर्काएका थिए। ओलीले आज अवहेलना मुद्दाको म्याद बुझेका छन् ।

सर्वोच्च अदालतका तामेलदारले आइतबार प्रधानमन्त्रीलाई म्याद बुझाएको सर्वोच्च अदालत स्रोतले जानकारी दियो । ओलीले अवहेलना गरेको भनेर प्रधानमन्त्री ओलीविरुद्ध मुद्दामा दायर भएको थियो।

माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

ओलीले अबको ७ दिनभित्र सर्वोच्च अदालतमा उपस्थित भएर अवहेलना मुद्दाको लिखित जवाफ पेस गर्नुपर्नेछ । केपी ओलीले गत पुष ५ गते संसद विघटन गरेका छन् ,अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे ओलीले आवहेलना हुनेगरी अभिव्यक्ति दिएका थिए।

ओलीको अभिव्यक्तिले अदालत अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले रिट निवेदन दर्ता गराएका थिए ।